Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पूर्वमन्त्री रमेश रिजालद्वारा मानवसेवा आश्रम वीरगञ्जमा भोजन सेवा योगदान

spot_img
spot_img

वीरगञ्ज । प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालले सोमबार वीरगञ्ज–२५ श्रीसिया स्थित मानवसेवा आश्रम वीरगञ्जको अवलोकन भ्रमण गर्नुका साथै बिहानको भोजन सेवा योगदान गर्नुभएको छ।

भ्रमणका क्रममा सांसद रिजालले आश्रममा रहेका असहाय, विपन्न तथा बेवारिसे व्यक्तिहरूलाई प्रेमपूर्वक भोजन प्रदान गर्दै आगामी दिनमा आफूबाट सम्भव हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता तथा आश्रमका अभिभावक प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, जेसिआई वीरगंजका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो।

यसअघि मन्त्री रहँदा रिजालले विभिन्न सहयोगी दाताको सहयोगमा आश्रमका लागि एउटा पिकअप गाडी उपलब्ध गराएको स्मरण गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...