Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजमा भारतीय दूतावासद्वारा ७९औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाइयो

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले शुक्रबार ७९औँ भारतीय स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ धूमधामपूर्वक मनाएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि अगस्ट १५ का दिन दूतावास प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण गीत तथा नृत्यका माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख आकर्षण भारतीय महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झन्डा फहराउँदै देशभक्ति र एकताको सन्देश दिए । आफ्नो सम्बोधनमा उनले भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै साझेदारीमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सांस्कृतिक प्रस्तुतिहरूले भारतीय स्वतन्त्रता दिवसको ऐतिहासिक महत्त्वलाई उजागर गरेका थिए। कार्यक्रममा वीरगंजस्थित भारतीय समुदायका साथै स्थानीय नेपाली नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

यस अवसरमा महावाणिज्य दूतावासका अधिकारी, कर्मचारी, व्यापारी, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले भारत–नेपालको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा ऐक्यबद्धता व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...