Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

रक्सौलमा मानव तस्करीको प्रयास असफल, भारतीय नाबालिग युवतीको उद्धार

spot_img
spot_img

रक्सौल । भारतको पश्चिम चम्पारणका तीन व्यक्तिबाट एक  नाबालिग युवतीलाई उद्धार गरिएको छ। युवतीलाई वैदेशिक तस्करी गर्ने उद्देश्यले नेपालतर्फ लैजाने क्रममा रक्सौल नजिक पक्राउ गरिएको हो।

सूचनाका आधारमा सशस्त्र सीमा बल (SSB) को मानव तस्करी विरोधी इकाई (AHTU) ले प्रयास juvenile aid center, पूर्वी चम्पारण र स्वच्छ रक्सौल (एनजीओ) सँगको सहकार्यमा खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो।

मैत्री पुल, रक्सौल नजिक भारतबाट नेपालतर्फ गइरहेका पश्चिम चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरेन आलमलाई युवतीसहित नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा युवतीलाई सामाजिक सञ्जालमार्फत मोहम्मद फरहानले प्रेमजालमा फसाई विवाहको प्रलोभन देखाएर घरपरिवारलाई नबताई नेपालतर्फ ल्याइएको खुलेको छ।

तस्करहरूले युवतीलाई हाजीपुरबाट रक्सौल ल्याई पहिलो चरणमा बीरगञ्जको होटलमा राख्ने र दुई दिनपछि पोखरा हुँदै देहरादून (भारत) लैजाने योजना बनाएको खुलेको छ। युवतीको परिवारले गुमशुदगीको उजुरी भारतको पटना स्थित रामकृष्ण नगर प्रहरीमा दर्ता गराएको थियो।

उद्धारपछि नाबालिग युवती र तीनै जना तस्करलाई थप कारबाहीका लागि पूर्वी चम्पारण, बिहारको हरैया प्रहरी चौकीमा बुझाइएको छ।

रेस्क्यु अभियानमा AHTU र SSB बाट निरीक्षक विकास कुमार, स.उ.नि. खेमराज, हवल्दार अरविन्द द्विवेदी, महिला प्रहरी नीतू कुमार, सेतू लक्ष्मी, प्रयासबाट आरती कुमारी, राज गुप्ता र स्वच्छ रक्सौलका रणजीत सिंह, साबरा खातुन सहभागी थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...