Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

फोनिज मधेस प्रदेशको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार वीरगन्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जको स्थानीय होटल गेटवमा आयोजित कार्यक्रममा मधेस प्रदेशका महासचिव बृजमान तामाङसहित १२ जनाले रक्तदान गरेका छन्। रक्तदातामा वरिष्ठ प्रहरी नायब निरीक्षक डिकर देव पन्त, सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत, खुशीनन्दन चौधरी, पुजन चौधरी, राकेश कुमार साह, राजेन्द्र प्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो र राहुल कुमार लायोमगर रहेका छन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए। कार्यक्रममा रेडक्रस पर्सा शाखा सभापति बृजकिशोर पटेल, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी राजेन्द्र भट्टराई, एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान, समाजसेवी वीर शम्शेर प्रसाद कुर्मी, सरोज केसी, रक्त सञ्चार केन्द्रका धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, नितेश यादव, सन्तोष पटेललगायतको उपस्थिति थियो।

त्यसैगरी, फोनिजका सप्तरी अध्यक्ष कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ, पूर्व अध्यक्ष अजित भुजेलसहित मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव बृजमान तामाङले गरेका थिए भने स्वागत उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...