Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा आर्थिक अवस्था कमजोर जेहेन्दार विद्यार्थीलाई अध्ययन सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर रहेका जेहेन्दार विद्यार्थीहरुलाई यूवालयको सहकार्यमा अध्ययन सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख गोकर्ण पाठककाे प्रमुख आतिथ्यतामा यूवालयले एक वर्षका लागि आवश्यक पर्ने कापी, कलम, कटर, इरेजर, औजार बक्स, झोला, क्याल्कुलेटर लगायत १६ प्रकारका अध्ययन सहयोग सामग्री वितरण गरेका छन्।

यो कार्यक्रम हालसम्म ८ वटा विद्यालय र बाल क्लबका १६ जना विद्यार्थीले सामग्री प्राप्त गर्ने गरी प्रबन्ध गरिएको छ। बाँकी विद्यार्थीहरुलाई विद्यालय खुलेपछि अध्ययन सामग्री वितरण गरिने यूवालयका पर्सा जिल्ला संयोजक राहुल कुमार साहले जानकारी दिए।

यस प्रकारको सहयोगले आर्थिक रुपमा कमजोर विद्यार्थीहरुमा अध्ययनमा प्रोत्साहन बढाउने अपेक्षा गरिएको छ। यूवालयले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...