Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा वीरगंजमा “बृहत् महिला सम्मेलन २०८२” हुने

spot_img
spot_img

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिले पर्सा–बारा जिल्लाका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासहित विभिन्न क्षेत्रमा सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्ने उद्देश्यसहित यही भाद्र १४ गते शनिवार “बृहत् महिला सम्मेलन २०८२” आयोजना गर्ने भएको छ।

नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा “नारी : शक्ति, समर्पण र सम्मान” विषयक कार्यशाला गोष्ठी सञ्चालन गरिनेछ । सम्मेलनमा विभिन्न क्षेत्रका प्रेरणादायी र उल्लेखनीय योगदान पुर्‍याएका ३०–४० जना महिलालाई सम्मान गरिनेछ । साथै, राष्ट्रिय स्तरमा स्थापित महिलाहरुको सहभागितामा विभिन्न विधामा प्यानल छलफलसमेत गरिने कार्यक्रम रहेको छ ।

आयोजक समितिका अनुसार सम्मेलनको उद्देश्य महिला उद्यमीको नेतृत्व क्षमताको विकास, उद्योग–व्यापारको प्रवर्द्धन र समाजमा महिलाको समुज्ज्वल पहिचान स्थापित गर्नुपर्ने भूमिकाबारे गहिरो छलफल गर्नु हो । यसमार्फत महिलालाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणतर्फ अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ ।

सम्मेलनको तयारीबारे जानकारी गराउन शुक्रबार वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, महिला उद्यमशीलता विकास समितिका संयोजक डा. लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतमलगायत पदाधिकारी उपस्थित थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...