Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

रक्सौलकी महिला सदस्यद्वारा हर्षोल्लासका साथ सावन महोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । शहरको मेन रोडस्थित पंकज वाटिकामा लायन्स क्लब अफ रक्सौलकी महिला सदस्यहरूले सावनको रिमझिम वर्षामा हर्षोल्लासका साथ सावन महोत्सव मनाएका छन् ।

कार्यक्रम संयोजक तथा क्लबकी उपाध्यक्ष प्रियंका सोनीका अनुसार, लायन्स क्लब रक्सौलद्वारा हरेक वर्ष आयोजना हुने यस महोत्सवको मुख्य उद्देश्य आपसी प्रेम र सौहार्द बढाउनुका साथै महिलामा सामाजिक जागरूकता र सेवाभावको प्रोत्साहन गर्नु हो ।

यस अवसरमा क्लबका महिला सदस्यहरू सावनको परम्परागत हरिया रंगको सारीमा सजिँदा सम्पूर्ण वातावरण नै सावनमय बनेको थियो । सोनीका अनुसार, यो अवसरले सांस्कृतिक एकता, सामाजिक सम्बन्ध र महिला सशक्तीकरणलाई मजबुत बनाउँदै समाज, वातावरण तथा सेवा क्षेत्रमा योगदान दिने संकल्प पुनः दृढ पारिएको छ ।

लायनेस नीलम हिसारियाले जानकारी दिँदै बताइन् कि कार्यक्रममा विशेष स्वादिष्ट परिकारहरूसँगै गीत–संगीत, नृत्य, अन्ताक्षरी, हाउजी र अन्य मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिएको थियो, जसमा महिला सदस्यहरूसँगै बालबालिकाले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन महिला सशक्तीकरण, सामाजिक सद्भाव, मानव सेवा, वातावरण संरक्षण र महिला तथा बाल विकासप्रतिको प्रतिबद्धतासहित गरिएको थियो ।

सो अवसरमा उपाध्यक्ष प्रियंका सोनी, नूतन चौरसिया, नीलम हिसारिया, ममता गुप्ता, पूनम गुप्ता, सरिता खत्री, गीता कुशवाहा, शिल्पी भरतिया, दीपा कुमारी, ऋतन देवी तथा आमन्त्रित सदस्य सोनू काबरा र शिखा रंजनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम बारे जानकारी क्लब अध्यक्ष तथा मिडिया प्रभारी विमल कुमार सर्राफले दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...