Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रक्सौलकी महिला सदस्यद्वारा हर्षोल्लासका साथ सावन महोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । शहरको मेन रोडस्थित पंकज वाटिकामा लायन्स क्लब अफ रक्सौलकी महिला सदस्यहरूले सावनको रिमझिम वर्षामा हर्षोल्लासका साथ सावन महोत्सव मनाएका छन् ।

कार्यक्रम संयोजक तथा क्लबकी उपाध्यक्ष प्रियंका सोनीका अनुसार, लायन्स क्लब रक्सौलद्वारा हरेक वर्ष आयोजना हुने यस महोत्सवको मुख्य उद्देश्य आपसी प्रेम र सौहार्द बढाउनुका साथै महिलामा सामाजिक जागरूकता र सेवाभावको प्रोत्साहन गर्नु हो ।

यस अवसरमा क्लबका महिला सदस्यहरू सावनको परम्परागत हरिया रंगको सारीमा सजिँदा सम्पूर्ण वातावरण नै सावनमय बनेको थियो । सोनीका अनुसार, यो अवसरले सांस्कृतिक एकता, सामाजिक सम्बन्ध र महिला सशक्तीकरणलाई मजबुत बनाउँदै समाज, वातावरण तथा सेवा क्षेत्रमा योगदान दिने संकल्प पुनः दृढ पारिएको छ ।

लायनेस नीलम हिसारियाले जानकारी दिँदै बताइन् कि कार्यक्रममा विशेष स्वादिष्ट परिकारहरूसँगै गीत–संगीत, नृत्य, अन्ताक्षरी, हाउजी र अन्य मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिएको थियो, जसमा महिला सदस्यहरूसँगै बालबालिकाले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन महिला सशक्तीकरण, सामाजिक सद्भाव, मानव सेवा, वातावरण संरक्षण र महिला तथा बाल विकासप्रतिको प्रतिबद्धतासहित गरिएको थियो ।

सो अवसरमा उपाध्यक्ष प्रियंका सोनी, नूतन चौरसिया, नीलम हिसारिया, ममता गुप्ता, पूनम गुप्ता, सरिता खत्री, गीता कुशवाहा, शिल्पी भरतिया, दीपा कुमारी, ऋतन देवी तथा आमन्त्रित सदस्य सोनू काबरा र शिखा रंजनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम बारे जानकारी क्लब अध्यक्ष तथा मिडिया प्रभारी विमल कुमार सर्राफले दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...