Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा ‘सुनौलो आवाज’ नामक नयाँ पोडकास्ट सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजमा जनताको आवाज बुलन्द पार्ने उद्देश्यसहित ‘सुनौलो आवाज’ नामक नयाँ पोडकास्ट बिहिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

ग्राफिटी डिजिटल मिडिया प्रालि, वीरगंजद्वारा संचालनमा आएकाे पाेडकास्टकाे एक कार्यक्रममा बिच वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गाैतमले उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष गाैतमले पाेडकास्टकाे उद्घाट गर्दै युवाहरुकाे प्रयासलाई सराहना गर्दै निरन्तरताकाे लागि सुभकामना दिए । उनले भने “कुनै काम गर्नकाे आर्थिक स्राेत जरुरी हुन्छ । आर्थिक ब्यवस्थापन नभए सम्म कुनै थाेक पनि लामाे समय सम्म टिकन सक्दैन । त्यसैले पाेडकास्टकाे निरन्तरताकाे लागि पनि आर्थिक स्राेतकाे व्यस्थापन गर्नु हाेला ।”

उनले कसैले दिएकाे भरमा कुनै पनि काम लामाे समय गर्न नसकिने भन्दै खर्चकाे स्राेत आफै जाेहाे गर्नु पर्नेमा जाेड दिए ।

पोडकास्टका सञ्चालक विशेष साहले पर्सा, बारा लगायतका जिल्लाका जनसमस्या, सामाजिक विषयवस्तु र जनताको आवाजलाई यो पोडकास्टमार्फत उठान गरिने जानकारी दिए ।

उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ‘सुनौलो आवाज’ जनचेतना अभिवृद्धिमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सञ्चालकको भनाइअनुसार पोडकास्ट विभिन्न डिजिटल माध्यमबाट नियमित रुपमा प्रसारण हुनेछ, जसमा स्थानीय विषय, जनप्रतिनिधि उत्तरदायित्व, युवाको भविष्य, स्वास्थ्य, शिक्षा, र रोजगारसम्बन्धी मुद्दाहरू समेटिनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...