Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

माओवादी केन्द्रका नेताका छोराछोरीले सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

spot_img
spot_img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीका सबै नेताका छोराछोरीले स्वदेशकै सार्वजनिक विद्यालय वा कलेजमा पढ्नुपर्ने गरी पार्टीले नीतिगत निर्णय गर्न लागिएको बताएका छन्।

अखिल क्रान्तिकारीले बिहीबार काठमाडौँमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टीभित्र शैक्षिक समानताको अभ्यासलाई अझ प्रभावकारी बनाइने बताए।

उनले भने, “म पार्टीको सबैभन्दा ठूलो अध्यक्ष हुँ, मेरा छोराछोरी विदेश पढ्न गएका छैनन्। अहिले हामी पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्तै कलेजमा मात्र पढाउने, विदेश नपठाउनेबारे निर्णय गर्ने चरणमा छौँ।”

उनका अनुसार, स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउन अनिवार्य गर्ने निर्णय पहिल्यै कार्यान्वयनमा आइसकेको छ। अब त्यो निर्णय केन्द्रीय तहका नेताहरूमा पनि विस्तार गरिने तयारीमा पार्टी लागेको हो।

प्रचण्डले यस्तो नीतिगत निर्णयले शिक्षामा समानता, सार्वजनिक शिक्षाको सुधार, र नेताहरूमा नैतिक अनुशासनको अभ्यास बढाउने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...