Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

माओवादी केन्द्रका नेताका छोराछोरीले सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

spot_img
spot_img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीका सबै नेताका छोराछोरीले स्वदेशकै सार्वजनिक विद्यालय वा कलेजमा पढ्नुपर्ने गरी पार्टीले नीतिगत निर्णय गर्न लागिएको बताएका छन्।

अखिल क्रान्तिकारीले बिहीबार काठमाडौँमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टीभित्र शैक्षिक समानताको अभ्यासलाई अझ प्रभावकारी बनाइने बताए।

उनले भने, “म पार्टीको सबैभन्दा ठूलो अध्यक्ष हुँ, मेरा छोराछोरी विदेश पढ्न गएका छैनन्। अहिले हामी पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्तै कलेजमा मात्र पढाउने, विदेश नपठाउनेबारे निर्णय गर्ने चरणमा छौँ।”

उनका अनुसार, स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउन अनिवार्य गर्ने निर्णय पहिल्यै कार्यान्वयनमा आइसकेको छ। अब त्यो निर्णय केन्द्रीय तहका नेताहरूमा पनि विस्तार गरिने तयारीमा पार्टी लागेको हो।

प्रचण्डले यस्तो नीतिगत निर्णयले शिक्षामा समानता, सार्वजनिक शिक्षाको सुधार, र नेताहरूमा नैतिक अनुशासनको अभ्यास बढाउने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...