Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीउवा संघमा विद्युत मर्मत, प्लम्बिङ, फेसन डिजाइन र मोटर रिवाइन्डिङ तालिम

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला अन्तर्गत अति गरिब परिवारका बेरोजगार युवाहरूलाई १७ वर्षदेखि विभिन्न प्रकारका सीप तथा व्यावसायिक तालिमहरू प्रदान गर्दै आएको BICCI – माइक्रो इन्टरप्राइज डेभलपमेन्ट फण्ड, पर्साले वीरगंजमा विद्युत मर्मत प्रविधि, प्लम्बिङ, एडभान्स फेसन डिजाइनिङ, र मोटर रिवाइन्डिङ तालिमको संचालन गरेको छ।

वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा बुधबार देखि सुरु भएकाे उक्त तालिमहरुकाे उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम गरेका थिए । फण्डका समन्वयक अरविन्द्र अमात्यकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रमकाे सञ्चालन संघका मनोज उपाध्यायले गरेका थिए ।

साे अवसरमा अरविन्द्र अमात्यले स्वागत मन्तव्य दिँदै तालिमको महत्व र फण्डको उद्देश्यबारे प्रकाश पारेकाे फण्डका प्रेमचन्द्र पटेलले जानकारी दिए । कार्यक्रममा पारस स्किल्स सेन्टरका निर्देशक पारस प्रसाद कुर्मीले मधेसमा पानी संकटबारे चर्चा गर्दै प्लम्बिङ तालिमको महत्त्व उल्लेख गरे ।

त्यसैगरी, सृजनशील व्यावसायिक तालिम केन्द्रका निर्देशक उमाशंकर महतोले मोटर रिवाइन्डिङ तालिमबारे जानकारी दिए ।

वुमेन्स स्किल सेन्टरकी निर्देशक चञ्चला दासले बिरगंज महानगरपालिका, बिरगंज उद्योग वाणिज्य संघ र NPL सामाजिक कल्याण संस्थाप्रति आभार व्यक्त गर्दै फण्डका साझेदारको सहयोगमा १० जना फेसन डिजाइन तालिम लिने सहभागीहरूले आ-आफ्नो बुटिक खोलिसकेका र केहीले अरूलाई पनि रोजगारी दिएको जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...