Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

मन्त्री प्रदीप यादवको निर्देशनमा गणेश टोलमा डीप बोरिङ जडान, स्थानीयले पूजा गरी गरे सञ्चालन

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवास्थित गणेश टोलमा खानेपानीको चरम संकट झेलिरहेका स्थानीयवासीलाई लक्षित गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान गरिएको छ।

भूसतहको पानी सुक्दै जाँदा चापाकलहरूले काम गर्न छोडेपछि गम्भीर समस्या झेलिरहेका स्थानीयहरूको आग्रहमा स्थानीय युवा नेता अरुण यादवको पहलमा मन्त्री यादवले हस्तक्षेप गर्दै तत्काल डीप बोरिङ जडानको निर्देशन दिएका थिए।

नयाँ जडान गरिएको डीप बोरिङको उद्घाटन हिन्दु परम्परा अनुसार पूजापाठ गरी सम्पन्न भएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए। उनका अनुसार बोरिङबाट पानी वितरण गर्न पाइपलाइन विस्तारको काम पनि आजैबाट सुरु गरिएको छ। यसबाट पाँच दर्जनभन्दा बढी घरधुरीलाई स्वच्छ खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ।

डीप बोरिङसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की स्थापनाको योजना समेत रहेको बताउँदै साहले ट्याङ्कीले पानी भण्डारण र वितरणमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

बोरिङ जडान र पाइपलाइन विस्तारको कार्य सुरु भएसँगै गणेश टोलका स्थानीयवासीमा ठूलो उत्साह छाएको छ। उनीहरूले नियमित पानी आपूर्तिले दैनिकी सहज हुने आशा गर्दै यस्ता जनमुखी कामलाई निरन्तरता दिन माग गरेका छन्।

स्थानीयवासी पाशपति देवी जयसवालले भनिन्, “पानीको संकटले हाम्रो जीवन कठिन बनाएको थियो। मन्त्री प्रदीप यादवज्यूको पहलमा छिट्टै समाधान भएकामा हामी आभारी छौं।” अर्का स्थानीय राहुल गिरीले पनि मन्त्री यादवको छरितो कार्यशैलीको प्रशंसा गर्दै यो कामले समुदायमा ठूलो परिवर्तन ल्याएको बताए।

स्वकीय सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा वीरगञ्ज महानगरपालिका सहित पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा हालसम्म ३०० भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन्। ती बोरिङहरूले हजारौं परिवारलाई स्वच्छ खानेपानीको पहुँच दिलाएको छ।

“मन्त्रीज्यूको प्रमुख प्राथमिकता जनताको आधारभूत आवश्यकता समाधान गर्नु हो,” साहले भने, “खानेपानीको समस्या समाधानमा उहाँ निरन्तर सक्रिय रहनुभएको छ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...