Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सगरमाथा स्कूलकी अर्पिता गुप्तालाई काठमाडौंको प्रतिष्ठित विद्यालयमा पूर्ण छात्रवृत्ति

spot_img
spot_img

वीरगंज । सगरमाथा स्कूल, मुर्ली–१२, वीरगञ्जकी मेधावी छात्रा अर्पिता गुप्ताले काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित छात्रवृत्ति छनोट परीक्षा २०८२ मा सफलता हासिल गर्दै Kathmandu School of Central State, Kalimati (KMC–13) मा कानुन (Law) विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।

एसईई परीक्षा (रोल नं. 03709435 O) मा उत्कृष्ट प्रदर्शन गरेकी अर्पिताले छात्रवृत्तिका लागि योग्य ठहरिँदै विद्यालय र परिवारको नाम गौरवका साथ उज्यालो पारेकी हुन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सहपाठीहरूले अर्पिताको यो उपलब्धिलाई प्रेरणादायी र गौरवको विषय भन्दै उनको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका छन्।

यसअघि पनि सगरमाथा एकेडेमीका विद्यार्थीहरूले राष्ट्रियस्तरमा सफलता हासिल गर्दै शैक्षिक प्रतिष्ठा कायम राख्दै आएका छन्। हालै मात्र सोही विद्यालयकी करिश्मा गुप्ताले नेशनल प्याब्सन मेघा छात्रवृत्ति (कक्षा ११/१२) मा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी थिइन्।

विद्यालय प्रशासनले यस्ता निरन्तर सफलताहरूले आफ्ना विद्यार्थीहरूको प्रतिभा, अनुशासन र विद्यालयको गुणस्तरीय शिक्षाको प्रमाणित गरेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहित गर्न कटिबद्ध रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...