Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरी गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापनक्सा सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिकामा लालपुर्जा प्राप्त गर्न बाँकी रहेका जग्गाहरूको नापनक्सा उद्घाटन कार्यक्रम साेमबार सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले डिजिटल मेसिनको बटन थिचेर औपचारिक उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नापी कार्यालय पर्साका प्रमुख दिपक सिंह, नापी अधिकृत राजकुमार बिश्वकर्मा, सर्भेक्षक मधुरेन्द्र झा, ठोरी गाउँपालिका–४ का वडाध्यक्ष मान बहादुर थिङ, वडा नं. १ का अध्यक्ष धनमान थापा, जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विक, कार्यपालिका सदस्य देबिमाया थिङ, फुलमाया दर्जी लगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।

वडा नं. ४ का अध्यक्ष मान बहादुर थिङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा भूमि समस्या सहजीकरण समिति सदस्य राम बहादुर श्रेष्ठ, पूर्व वडाध्यक्ष बही बहादुर पाख्रीन, बिजयबस्ती माविका प्रधानाध्यापक नारायण लामा, कार्यपालिका सदस्य फुलमाया दर्जी लगायतले मन्तव्य राखेका थिए ।

आयोग अध्यक्ष तवरेज अहमदले कार्यक्रमलाई सम्बोधन गर्दै आगामी दशैंको समयमा केही लालपुर्जा वितरण गरिसक्ने योजना रहेको जानकारी दिए ।

त्यस्तै, गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीबासीका लागि यो अत्यन्तै अनुकूल अवस्था रहेको उल्लेख गर्दै नापी टोलीलाई पूर्ण सहयोग गर्न सबैमा आग्रह गरे ।

संचारकर्मी लक्ष्मी खरेलले सहजीकरण गरेकी कार्यक्रममा करिब १५० जना स्थानीयवासीको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...