Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा असेश्वर पटेल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साको प्रथम जिल्ला अधिवेशनबाट असेश्वर पटेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् ।

शनिबार वीरगंज–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले पटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुबोध श्रीवास्तव र महिला उपाध्यक्षमा रोशनी श्रेष्ठ चयन भएका छन् । सचिवमा राजेश पटेल, सहसचिवमा पुष्पराज यादव र कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन् ।

सदस्यहरूमा दिलिप दास, अरवाज हुसेन, सन्दीप यादव, रामविनय ठाकुर, महमद मन्सुर, आकाश पटेल, फिरोज अन्सारी, दिपीका पटेल, आशीष बैठा, सोनु पटेल लगायत रहेका छन् ।

कार्यक्रम संघका निवर्तमान कार्यवाहक अध्यक्ष एवं नव-निर्वाचित अध्यक्ष असेश्वर पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनमा कांग्रेसका नेताहरू प्रेम बहादुर थापा, प्रकाश उपाध्याय, महमद साहबुदिन, अनिल सिंह, दिलीपराज कार्की, हिरा श्रेष्ठ, बिटु पटेल, राहुल पटेल, पर्सा तेक्वान्दो संघका अध्यक्ष गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...