Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

बिकेश राय थारुको समूह जसपा नेपालमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका एक वडाध्यक्षका प्रत्यासी नेकपा (माओवादी केन्द्र) परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रबेश गरेका छन् ।

जसपा नेपालकाे पर्सागढी नगर समितिको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीबाट वडा अध्यक्षका प्रत्यासी रहेका बिकेश राय थारुको नेतृत्वमा राम किशोर राय थारु, राम नारायण चौधरी, मङनी चौधरी लगायतका नेता तथा कार्यकर्ताहरूले पार्टीमा प्रबेश गरेकाे जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

उनीहरूलाई जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबू राउतले माला, अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका थिए।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य शशिकपुर मिया, जिल्ला सचिव रितेश कुमार गुप्ता, मेयर प्रत्यासी सुरज मानन्धर, नगर अध्यक्ष शेख खुर्सेद लगायतका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...