Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

पर्साका सामुदायिक विद्यालयहरूमा वर्षे बिदा सुरु, अधिकांश पालिकामा त्रैमासिक परीक्षा सकिँदै

spot_img
spot_img

-ओमप्रकाश चाैधरी/
सेढवा ।
पर्सा जिल्लाका ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा सकिएसँगै वर्षे बिदा सुरु भएको छ । विभिन्न स्थानीय तहहरूले आफ्ना शैक्षिक कार्यतालिकाअनुसार परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिरहेका छन् ।

जिराभवानी गाउँपालिकाले साउन १ गतेदेखि २० दिनका लागि विद्यालयहरू बन्द गरेको छ । पालिकाको शिक्षा शाखाले पहिलो त्रैमासिक परीक्षा सकिएपछि वर्षे बिदाको घोषणा गरेको हो ।

पटेर्वासुगौली गाउँपालिकामा पनि साउन ३ गतेसम्म परीक्षा सञ्चालन गरी साउन ४ गतेदेखि विद्यालयहरू २० दिनका लागि बन्द गरिएका छन् ।

उता सखुवाप्रसौनी गाउँपालिकाका विद्यालयहरूमा अहिले परीक्षा सञ्चालन भइरहेको छ । औराहा पंचगावास्थित दिपनारायण आदर्श नमूना विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारूका अनुसार परीक्षा साउन ४ गतेदेखि सुरु गरिएको हो । परीक्षा सकिएपछि साउन १३ गतेदेखि वर्षे बिदा हुने जानकारी उनले दिए ।

पर्सागढी नगरपालिकाअन्तर्गत बागवाना आधारभूत विद्यालयका प्रधानाध्यापक योगेन्द्र चौधरीले परीक्षा सोमबारदेखि सुरु भएको बताए । परीक्षा सम्पन्न भएपछि साउन १४ गतेदेखि १७ दिनको वर्षे बिदा हुने उनले जानकारी दिए ।

उनका अनुसार, गएको बैशाखमा नेपाल शिक्षक महासंघको आह्वानमा भएको आम शैक्षिक हडतालका कारण भएको शैक्षिक क्षतिको पूर्ति गर्ने गरी स्थानीय तहहरूले शैक्षिक क्यालेन्डर निर्माण गरेर विद्यालय सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, जगरनाथपुर गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा बुधबारदेखि परीक्षा सञ्चालन हुने तयारी भएको छ ।
ठोरी गाउँपालिकाका विद्यालयहरूमा भने परीक्षा हालै सञ्चालनमा रहेको जनाइएको छ ।

यसरी पर्साका अधिकांश स्थानीय तहहरूले आफ्ना शैक्षिक तालिकाअनुसार त्रैमासिक परीक्षा पूरा गर्दै विद्यालयहरूमा क्रमशः वर्षे बिदा सुरु गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेस देउवा पक्षको पर्सा–४ अधिवेशन सम्पन्न, क्षेत्रीय संयोजकमा रामबिहारी

सेढवा । नेपाली कांग्रेस (देउवा पक्ष) ले पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका क्षेत्रीय, प्रदेश तथा पालिका तहको अधिवेशन सम्पन्न गरेको छ । जिराभवानी...

दीपावलीबारे टिप्पणी गरेको भन्दै सांसद आसिका तामाङमाथि कारबाहीको माग

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आसिका तामाङले दीपावली तथा हिन्दू धर्म–संस्कृतिमाथि नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै उनीमाथि कारबाही गर्न माग...

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट...