Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

खानेपानीमन्त्रीको रातको अनुगमन : मेलम्चीको पानी चाँडै वितरण हुने

spot_img
spot_img

काठमाडौं । उपत्यकावासीलाई मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत शुद्ध र नियमित पानी उपलब्ध गराउने उद्देश्यले खानेपानीमन्त्री प्रदीप यादव आइतबार राति स्वयं फिल्डमा निस्किएर छड्के अनुगमन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची पानीको पाइपलाइन बिच्छाइएको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मन्त्री यादवले अनुगमन गरेका हुन् ।

मन्त्री यादवले आयोजनाको कार्यान्वयन निर्देशनालय (PID) मार्फत सम्पन्न पाइपलाइन बिच्छाइको काम चाँडै परीक्षण गरी मेलम्चीको पानी वितरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिए ।

अनुगमनका क्रममा मन्त्री यादवले भने, “बालुवाटारलगायत क्षेत्रहरूमा पाइपलाइन बिच्छाउने कार्य सफल भएको पाइयो। अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”

पाइप परीक्षण (प्रेसर टेस्ट)को अन्तिम चरणमा रहेको र परीक्षण सफल भएपछि बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्ण शम्शेर सडकलगायत क्षेत्रहरूमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजनाका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

पानी आपूर्तिपछि सो क्षेत्रमा करिब ३ हजार ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजना प्रवन्धक अमित रञ्जितका अनुसार दीर्घकालीन समाधानस्वरूप मेलम्चीको पाइपलाइन बिच्छाउने कार्य सम्पन्न भइसकेको हो, जसले उपत्यकावासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...