Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

शेखरजीको चाहना दिउँसै देखिएको सपना मात्र हो : पूर्व मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश रिजालले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउने कुरा असम्भव रहेको बताएका छन्।

शनिबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारित ‘नेपाली बहस’ कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँगको कुराकानीमा बोल्दै रिजालले डा. शेखर कोइरालाप्रति कटाक्ष गर्दै “दलको नेता बन्ने शेखरजीको चाहना दिउँसै देखिएको सपना मात्र हो” भन्ने टिप्पणी गरे।

रिजालले स्पष्ट रूपमा भने, “प्रचण्ड र विद्या भण्डारीले भनेर नेपाली कांग्रेसको संसदीय दलको नेता छानिने हो र? त्यो त कांग्रेसले छान्ने हो नि। शेखरजी बन्न सम्भव नै छैन।”

उनले पार्टीभित्र देउवा पक्षको बलियो पकड रहेको दाबी गर्दै एनपी साउद र बालकृष्ण खाँणजस्ता नेताहरू अहिले पनि देउवा समूहमै “इनट्याक्ट” रहेको उल्लेख गरे।

शेखर कोइरालाको नेतृत्व क्षमता र वैचारिक स्पष्टता प्रति प्रश्न उठाउँदै रिजालले भने, “शेखरजी विचारमा प्रष्ट हुन सक्नुहुन्न, त्यस्तो व्यक्तिले प्रधानमन्त्री त परै जाओस्, दलको नेता बन्ने पनि सम्भावना छैन।”

उनको भनाइअनुसार, यदि शेखरले साँच्चिकै संसदीय दलको नेताका लागि दाबी गरेका हुन् भने त्यसलाई “अजमाउने” मात्र बाँकी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...