Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सिमरामा जुवा खेलिरहेका ९ जना पक्राउ

एक लाख ५४ हजार नगद बरामद

spot_img
spot_img

सिमरा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ जानकी टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले तास खेलिरहेका अवस्थामै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक शुभास साहको नेतृत्वमा गएको टोलीले केशव सुनुवारको घरमा खानतलासी गर्दा तेस्रो तलाको कोठामा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गर्नुका साथै एक लाख ५४ हजार छ सय अस्सी रुपैया नगद तथा तासका पत्ता बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा जीतपुर सिमरा उपमहानगरपालिका –१ का ३० वर्षिय सुसन खाती सुनार, वडा नं २ का ४० वर्षिय बलराम बिश्वकर्मा, साेही ठाउँका ५६ बर्षिय सुमन कुमार भट्टराई, ४१ बर्षिय अभय कुमार श्रीवास्तव, घरधनी ४१ बर्षिय केशव सुनुवार, ५२ बर्षिय थहलबहादुर बिश्वकर्मा, ५४ बर्षिय शिवजी प्रसाद साह, ५१ बर्षिय राजकुमार भट्टराई र ५९ बर्षिय बलराम कुमार क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। जुवा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...