Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

इन्स्पेक्टर शर्माको सुझबुझले १७ वर्षीया किशोरीको मानव तस्करकरिको चंगुलबाट सकुशल उद्धार

spot_img
spot_img

 रक्सौल । इन्स्पेक्टर मनोज कुमार शर्माको साहस, सुझबुझ र समन्वयले एक १७ वर्षीया नाबालिग छात्रा ‘निर्भया कुमारी’ (परिवर्तित नाम) लाई मानव तस्करहरूको जालबाट सकुशल उद्धार गरिएको छ।

उद्धार कार्य १८ जुलाई २०२५, शुक्रबार बिहान करिब ३ बजे नवी मुम्बईस्थित एक सुरक्षित स्थानमा सफलतापूर्वक सम्पन्न भएको हो।

घटनाको सुरुवात २१ जुन २०२५ मा भएको थियो जब बिहारको औरंगाबाद निवासी एक पीडित बुबाले आफ्नी छोरी हराएको भन्दै उपकमाण्डेन्ट श्री सतीश गुप्तासँग सहयोग मागेका थिए। त्यसपछि उनले मानव तस्करी मामिलामा विशेष अनुभव भएका इन्स्पेक्टर शर्मासँग सम्पर्क गरेका थिए।

छात्रा २०२४ सालको ‘इन्टरमिडियट अफ साइन्स’ की विद्यार्थी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा पीडितको मोबाइलमा भेटिएको एउटा शंकास्पद नम्बर (९३५६४***** )बाट अनुसन्धान अघि बढाइएको थियो।

इन्स्पेक्टर शर्माको सूक्ष्म साइबर अनुसन्धानबाट उक्त नम्बर महाराष्ट्रको भडगाव निवासी मोहम्मद काजल मेहबुब मुल्लाको नाममा दर्ता रहेको पत्ता लाग्यो। साथै, नासिक निवासी मोहम्मद आर. अरमान शेखको संलग्नता पनि खुल्यो, जो सामाजिक सञ्जालमार्फत किशोरीहरूलाई फसाउने कार्यमा लिप्त रहेको बुझियो।

यस आधारमा ‘मिशन निर्भया’ नाम दिइएको एक संयुक्त उद्धार अभियान सञ्चालन गरियो। उक्त अभियानमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रियंक कानूनगो, मिशन मुक्ति फाउन्डेशनका निर्देशक श्री विरेन्द्र कुमार सिंह, ठाणे कमिशनरेट एसएस ब्रान्चकी प्रहरी निरीक्षक श्रीमती वैशाली गोरदे देओघ्रे, रेस्क्यू फाउन्डेशनकी श्रीमती त्रिवेणी आचार्य, मुम्बई क्राइम ब्रान्च तथा नवी मुम्बईको हिललाइन पुलिस चौकीको टोलीले महत्वपूर्ण भूमिका खेले।

लगातार निगरानी र साइबर विश्लेषणपछि, नवी मुम्बईस्थित नेवाली नाका नजिकैको स्थानमा पीडिता रहेको ठेगाना पुष्टि भयो। तत्कालै उद्धार टोलीले छापा मारी उक्त किशोरीलाई सकुशल मुक्त गरायो। अहिले उनी महिला संरक्षण गृह, मुम्बईमा सुरक्षीत अवस्थामा राखिएकी छन्। बिहार पुलिस र पीडितका अभिभावक तत्काल उद्धारस्थलमा पुगिसकेका छन्।

यस घटनाले सामाजिक सञ्जाल मार्फत किशोरीहरूलाई प्रलोभन देखाएर मानव तस्करहरूले महानगर तर्फ तान्ने र शोषण गर्ने दुःखद प्रवृत्तिको गम्भीर खुलासा गरेको छ।

यस प्रकारको साहसी र योजनाबद्ध कारवाहीले मानव तस्करीविरुद्धको संघर्षमा एउटा महत्वपूर्ण सफलता दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...