Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

एकीकृत समाजवादी र बामदेव नेतृत्वको पार्टी बिच एकता घोषणा

spot_img
spot_img

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र पूर्व उपप्रधानमन्त्री बामदेव गौतम नेतृत्वको ‘एकता राष्ट्रिय अभियान’बीच शुक्रबार औपचारिक एकता घोषणा भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच दुवै पक्षले अब एकीकृत समाजवादी पार्टीको झण्डा, नाम र संगठनभित्र संयुक्तरूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

एकतापछि बामदेव गौतम एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता भएका छन् भने अभियानमा संलग्न अन्य नेताहरूलाई पार्टीको विभिन्न तहमा समावेश गरिने बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बर्तमान राजनीतिक अवस्थाले बामपन्थी शक्तिहरूबीचको एकतालाई अपरिहार्य बनाएको भन्दै यो एकता त्यसै दिशामा उठाइएको महत्वपूर्ण कदम भएको बताए । उनले भने, “जनताको हित र देशको समृद्धिको यात्रामा साझा धार बनेर अघि बढ्न अब हामी एक भएका छौं।”

त्यस्तै बामदेव गौतमले पनि बामपन्थी शक्तिहरूबीचको विघटनले जनस्तरमा निराशा सिर्जना गरेको उल्लेख गर्दै अब ती सबै निराशा चिर्दै एकीकृत संघर्षमा अघि बढ्ने समय आएको बताए। “हामी अब एकीकृत समाजवादी पार्टीभित्र रहेर वैचारिक, राजनीतिक र सांगठनिक अभियानलाई सशक्त बनाउनेछौं,” उनले भने।

दुवै नेताहरूले आगामी दिनमा वाम एकताको थप प्रयास जारी राख्ने, साझा एजेन्डा बनाएर जनताको बीचमा पुग्ने र विकल्पमूलक बाम गठबन्धन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

एकता घोषणासँगै मुलुकमा लामो समयदेखि अलग ढंगले क्रियाशील रहेका दुई वाम धार अब एउटै संस्थागत संरचनामा आबद्ध भएका छन्, जसले राष्ट्रिय राजनीतिमा नयाँ सन्तुलन र गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...