Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

एकीकृत समाजवादी र बामदेव नेतृत्वको पार्टी बिच एकता घोषणा

spot_img
spot_img

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र पूर्व उपप्रधानमन्त्री बामदेव गौतम नेतृत्वको ‘एकता राष्ट्रिय अभियान’बीच शुक्रबार औपचारिक एकता घोषणा भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच दुवै पक्षले अब एकीकृत समाजवादी पार्टीको झण्डा, नाम र संगठनभित्र संयुक्तरूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

एकतापछि बामदेव गौतम एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता भएका छन् भने अभियानमा संलग्न अन्य नेताहरूलाई पार्टीको विभिन्न तहमा समावेश गरिने बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बर्तमान राजनीतिक अवस्थाले बामपन्थी शक्तिहरूबीचको एकतालाई अपरिहार्य बनाएको भन्दै यो एकता त्यसै दिशामा उठाइएको महत्वपूर्ण कदम भएको बताए । उनले भने, “जनताको हित र देशको समृद्धिको यात्रामा साझा धार बनेर अघि बढ्न अब हामी एक भएका छौं।”

त्यस्तै बामदेव गौतमले पनि बामपन्थी शक्तिहरूबीचको विघटनले जनस्तरमा निराशा सिर्जना गरेको उल्लेख गर्दै अब ती सबै निराशा चिर्दै एकीकृत संघर्षमा अघि बढ्ने समय आएको बताए। “हामी अब एकीकृत समाजवादी पार्टीभित्र रहेर वैचारिक, राजनीतिक र सांगठनिक अभियानलाई सशक्त बनाउनेछौं,” उनले भने।

दुवै नेताहरूले आगामी दिनमा वाम एकताको थप प्रयास जारी राख्ने, साझा एजेन्डा बनाएर जनताको बीचमा पुग्ने र विकल्पमूलक बाम गठबन्धन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

एकता घोषणासँगै मुलुकमा लामो समयदेखि अलग ढंगले क्रियाशील रहेका दुई वाम धार अब एउटै संस्थागत संरचनामा आबद्ध भएका छन्, जसले राष्ट्रिय राजनीतिमा नयाँ सन्तुलन र गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...