Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–८ स्थित लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका र शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै विद्यालयले उक्त शिविरको आयोजना गरेको थियाे ।

किरण आँखा अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १२० जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीको आँखाको परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए । उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका माध्यमबाट विद्यार्थीको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

शिविरमा किरण आँखा अस्पतालबाट दृष्टि विशेषज्ञ डा. मुस्कान गुप्ता तथा नेत्र सहायकहरू कविता पोख्रेल, शोभा कटवाल, जयमाला चौधरी, रुबी मिश्र र रामबाबु चौरसियाको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले प्रत्येक बालबालिकाको दृष्टि परीक्षण गरी आवश्यक परामर्श र सुझाव दिएका थिए।

डा. मुस्कान गुप्ताका अनुसार, बाल्यकालमै दृष्टि समस्या पत्ता लागेमा समयमै उपचार गर्न सकिन्छ, जसले दीर्घकालीन दृष्टि समस्याबाट बच्न मद्दत गर्छ । परीक्षणको क्रममा केही विद्यार्थीहरूमा सामान्य दृश्य कमजोरीको संकेत देखिएको र अभिभावकलाई थप उपचारका लागि सुझाव दिइएको पनि उनले बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...