Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंजमा खानेपानीका लागि समझदारी: महानगर र खानेपानी संस्थानबीच सम्झौता

महानगरमा नयाँ धारा नि:शुल्क जडान हुने

spot_img
spot_img

वीरगंज । खानेपानीको चरम अभाव भोगिरहेका वीरगंज महानगरवासीका लागि एक सम्झाैता भएकाे छ। वीरगंज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा विस्तारका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

महानगर प्रमुख राजेशमान सिंहको विशेष पहल र खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा सम्पन्न सो समझदारीले वीरगंजका प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखिएकाे छ ।

समझदारी पत्रमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार संस्थानले पाइपलाइन विस्तार, मर्मतसम्भार, नयाँ धारा जडान, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ । त्यस्तै, महानगरले नयाँ धारा जडानकाे सेवा शुल्क व्यवस्थापन, उपभोक्ता सहयोग तथा आर्थिक पक्षमा साथ दिनेछ।

वीरगंज महानगरपालिका क्षेत्र भित्र नेपाल खानेपानी संस्थानको खानेपानिकाे पाईपलाईन विस्तार भएका वडाहरूमा, नयाँ धारा पूर्णरूपमा नि:शुल्क जडान हुने व्यवस्था गरीएकाे मेयर सिंहले जानकारी दिए ।

दुई पक्षिय सम्झाैताकाे जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान, खानेपानीको पहुँच विस्तार, सेवा सरल, छिटो र पारदर्शी बनाउने, जनस्वास्थ्य सुधार र रोग न्यूनीकरण लगायतकाे मुख्य उद्देश्य रहेकाे वीरगंजका मेयरकाे सचिवालयले जनाएकाे छ ।

मन्त्री यादवले यो समझदारी दीर्घकालीन समाधानको आधार बन्ने विश्वास व्यक्त गर्दै भने, “अब योजना कागजमा मात्र सीमित नहुने, कार्यान्वयन प्रभावकारी हुनेछ।”

सम्झाैतामा हस्ताक्ष कार्यक्रममा खानेपाली संचालक समिति सदस्य मुकेश द्विवेदी, सलमा खातुन, वीरगंज महानगरका उप–प्रमुख इम्तियाज आलम, खानेपानी विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, संस्थान वीरगंज शाखाका प्रमुख प्रविण साहसहित उच्चपदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो।

प्रमुख प्रशासकीय अधिकृत कर्णले भने, “यो सम्झौता वीरगंजवासीका लागि स्वच्छ खानेपानीप्रति पहुँच सुनिश्चित गर्ने दिशामा ठुलो फड्को हो।”

महाप्रबन्धक ढकालले संस्थानको तर्फबाट गुणस्तरीय सेवा दिने पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, आवश्यक जनशक्ति वृद्धि गरिने जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...