Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । सामाजिक युवा एकता क्लबको आयोजनामा शनिबार वीरगंज महानगरपालिकाकाे वडा नं.–२ स्थित ब्रम्हचोकमा  सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष विक्की महतोको अध्यक्षता भएकाे कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस साेसाइटी वीरगंजका राजन श्रीवास्तवले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ताको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, रेडक्रसका अभिलाष गुप्ता, राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

रक्त संचार केन्द्रकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा विक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिष मण्डल लगायतले रक्तदान गरेका थिए । रक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झा, विवेक यादव र बिरसमसेर कुर्मीले प्राविधिक सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...