Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेपाल इण्डो हस्पिटलमा एक महिला सहित ४० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं.–१५ स्थित प्रतीमा चोकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि.को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । अस्पताल परिसर मै भएकाे कार्यक्रममा १ महिला सहित ४० जनाले रक्तदान गरेका छन्।

“रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा डा. प्रमानन्द साह, डा. निरज कुमार क्याल र डा. महानन्द कुमार कुर्मीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साह, अमित श्रीवास्तव, नुरुल अन्सारी, राहुल साह लगायतकाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे, प्राविधिक जितेन्द्र कुशवाहा, मनिष गुप्ता र नितेश साह लगायतको प्राविधिक सहयाेग गरेका थिए ।

रक्तदान कार्यक्रमले वीरगंजमा भएकाे रक्त अभाव न्यूनीकरण गर्न र जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...