Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेपाल इण्डो हस्पिटलमा एक महिला सहित ४० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं.–१५ स्थित प्रतीमा चोकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि.को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । अस्पताल परिसर मै भएकाे कार्यक्रममा १ महिला सहित ४० जनाले रक्तदान गरेका छन्।

“रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा डा. प्रमानन्द साह, डा. निरज कुमार क्याल र डा. महानन्द कुमार कुर्मीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साह, अमित श्रीवास्तव, नुरुल अन्सारी, राहुल साह लगायतकाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे, प्राविधिक जितेन्द्र कुशवाहा, मनिष गुप्ता र नितेश साह लगायतको प्राविधिक सहयाेग गरेका थिए ।

रक्तदान कार्यक्रमले वीरगंजमा भएकाे रक्त अभाव न्यूनीकरण गर्न र जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...