Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति, साउन २ गते एकता घोषणा गरिने

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) र वामदव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार अध्यक्ष नेपाल र गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए। ‘अहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको हो। अरू विषयमा छलफल गर्दै जान्छौं,’ उपाध्यक्ष तुलाधरले भने।

दुई पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको छ।

‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो,’ दुई नेताले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...