Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पार्टीले चाहे बिदा लिन तयार छु : अध्यक्ष नेपाल

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएका कारण पार्टीले चाहेको खण्डमा बिदा लिन तयार रहेको स्पष्ट पारेका छन्।

शुक्रवार अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले जीवनभर ईमानदार राजनीतिज्ञको भूमिका निर्वाह गरेको दाबी गर्दै कुनै डर नभएको बताएका हुन् । उनले भने, “यदि मुद्दाकै कारण पार्टीले मलाई बिदा गर्न चाहन्छ भने म सहर्ष बिदा लिन्छु।”

अध्यक्ष नेपालले आफूसँग अझै पनि पार्टी निर्माण गर्ने साहस र प्रतिबद्धता बाँकी रहेको उल्लेख गरे। “विभिन्न चुनौतीहरूको सामना गर्दै अघि बढ्ने मेरो अठोट अटल छ,” उनले थपे।

उनले मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै आफूलाई प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गरे। “अहिले मलाई फसाउने कोशिस गर्नेहरू नै पछि आफैंले खनेको खाल्डोमा पर्ने छन्,” उनले चेतावनीपूर्ण शैलीमा भने।

नेपालले आफ्नो राजनीतिक जीवनमा एक पैसा पनि घुस नलिएको स्पष्ट पार्दै आफूविरुद्धका आरोपहरू झूटो र नियोजित भएको टिप्पणी गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...