Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पार्टीले चाहे बिदा लिन तयार छु : अध्यक्ष नेपाल

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएका कारण पार्टीले चाहेको खण्डमा बिदा लिन तयार रहेको स्पष्ट पारेका छन्।

शुक्रवार अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले जीवनभर ईमानदार राजनीतिज्ञको भूमिका निर्वाह गरेको दाबी गर्दै कुनै डर नभएको बताएका हुन् । उनले भने, “यदि मुद्दाकै कारण पार्टीले मलाई बिदा गर्न चाहन्छ भने म सहर्ष बिदा लिन्छु।”

अध्यक्ष नेपालले आफूसँग अझै पनि पार्टी निर्माण गर्ने साहस र प्रतिबद्धता बाँकी रहेको उल्लेख गरे। “विभिन्न चुनौतीहरूको सामना गर्दै अघि बढ्ने मेरो अठोट अटल छ,” उनले थपे।

उनले मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै आफूलाई प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गरे। “अहिले मलाई फसाउने कोशिस गर्नेहरू नै पछि आफैंले खनेको खाल्डोमा पर्ने छन्,” उनले चेतावनीपूर्ण शैलीमा भने।

नेपालले आफ्नो राजनीतिक जीवनमा एक पैसा पनि घुस नलिएको स्पष्ट पार्दै आफूविरुद्धका आरोपहरू झूटो र नियोजित भएको टिप्पणी गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...