Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

spot_img
spot_img

काठमाडौं । चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । “एक दिन त पछुताउँछ” शीर्षकको यो तीज गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन् ।

गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।

म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आपतकालीन अवस्थामा दुई बिरामीलाई तेरापंथ युवक परिषद्को रक्त सहयोग

वीरगंज । तेरापंथ युवक परिषद् वीरगंज लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाका लागि आवश्यक...

कालिकामाई गाउँपालिका ३ का वडाध्यक्ष संजय पटेल पक्राउ, अन्य फरार

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा...

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक...