Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

द हिमाल नर्सिङ्ग इन्स्टिच्युटमा १२ महिला सहित ४१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साउथ सिटी हिमाल हस्पिटल प्रा.लि.द्वारा आयाेजित कार्यक्रममा कार्यक्रममा १२ महिला सहित ४१ जना रक्तदान गरेका छन्।

गर्मीको चर्को मौसम र अस्पतालहरूमा रक्त अभाव गहिरिँदै गएको सन्दर्भमा रक्त सञ्चारमा टेवा पु-याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सदस्य दया शंकर सिंह, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सञ्चारकर्मी अर्जुन चौधरी, प्रहलाद चौरसिया लगायतकाे उपस्थिति रहेको थियो ।

रक्तदान गर्नेहरूमा अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो. नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा, प्रणिस्ता न्यौपाने लगायतका रहेका छन् ।

कार्यक्रममा नेपाल रक्त संचार केन्द्र, वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...