Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सामा ट्रयाक्टर दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे वीरगंज महानगरपालिका–२८ स्थित बगहीबाट इनर्वातर्फ जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ना ५ त ९९४१ नम्बरको ट्रयाक्टर शुक्रबार दिउँसो करिब १ः३० बजे भेडाहा खोलामा पल्टिँदा वीरगंज–२८ बगहीका २२ वर्षीय शिव पटेल र २० वर्षीय आकाश पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका जयकुमार पटेल घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल ल्याइएको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...