Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

कालिकामाई गाउँपालिकामा आइतबार शाेक विदा

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका–१ मुडलीकी वडा सदस्य गीता देवी कुर्मीको निधन भएकाे छ । वडा सदस्य कुर्मीकाे असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै गाउँपालिकाले शोक विदा घोषणा गरेको छ ।

वडा सदस्य कुर्मीकाे असामयिक निधन भएकाे शाेकमा असार १ गते आइतबार एक दिन शाेक विदा दिइएकाे प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

उनले शनिबार एक सूचना जारी गर्दै कालिकामाई गाउँपालिकाको समस्त कार्यालय तथा मातहतका सेवा प्रदायक संस्थाहरूमा आइतबार एक दिन शोक विदा दिइएको जनाएका छन् ।

वडा सदस्य कुर्मीको असामयिक निधन भएपछि गाउँपालिका परिवारले उनको निधनलाई अपूरणीय क्षति मानेको छ ।  कालिकामाई गाउँपालिका परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट समेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...