Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाई गाउँपालिकामा आइतबार शाेक विदा

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका–१ मुडलीकी वडा सदस्य गीता देवी कुर्मीको निधन भएकाे छ । वडा सदस्य कुर्मीकाे असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै गाउँपालिकाले शोक विदा घोषणा गरेको छ ।

वडा सदस्य कुर्मीकाे असामयिक निधन भएकाे शाेकमा असार १ गते आइतबार एक दिन शाेक विदा दिइएकाे प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

उनले शनिबार एक सूचना जारी गर्दै कालिकामाई गाउँपालिकाको समस्त कार्यालय तथा मातहतका सेवा प्रदायक संस्थाहरूमा आइतबार एक दिन शोक विदा दिइएको जनाएका छन् ।

वडा सदस्य कुर्मीको असामयिक निधन भएपछि गाउँपालिका परिवारले उनको निधनलाई अपूरणीय क्षति मानेको छ ।  कालिकामाई गाउँपालिका परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट समेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...