Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

जगरनाथपुर–२ मा अध्यक्ष यादव र युवाबीच अन्तरक्रिया

विकास योजना र प्राथमिकतामाथि छलफल

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ स्थित जानकी टोलामा युवाहरू र गाउँपालिका अध्यक्षबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरू, जनप्रतिनिधि तथा सर्वसाधारणबीच खुला संवाद भएको थियो । कार्यक्रममा अध्यक्ष यादवले वडाका नागरिकहरूसँग प्रत्यक्ष रुपमा कुराकानी गर्दै स्थानीय स्तरको समस्या, आवश्यकता र आगामी योजनाहरूका विषयमा जानकारी लिने अवसर पाएकोमा खुसी व्यक्त गरे।

उनले आगामी आर्थिक वर्षको बजेटमा समुदायको चाहना झल्कने व्यवहारिक र समावेशी योजनाहरू समेटिने प्रतिबद्धता जनाउँदै यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा स्वच्छ खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता बुनियादी आवश्यकता र समाधानमुखी योजना निर्माण विषयमा गहन छलफल भएको थियो ।

अन्तरक्रियामा वडा नं. २ का अध्यक्ष नेपाली कुशवाहा, वडा नं. ३ का अध्यक्ष सुभाष यादव, वडा नं. ५ का अध्यक्ष बिहारी महतो नुनिया, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायत अन्य जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

स्थानीय युवाहरूले आफ्ना अभाव, सम्भावना र सुझावहरू प्रस्ट रूपमा राख्दै विकासमा सहभागी हुन चाहेको आवाज बुलन्द पारेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...