Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर–२ मा अध्यक्ष यादव र युवाबीच अन्तरक्रिया

विकास योजना र प्राथमिकतामाथि छलफल

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ स्थित जानकी टोलामा युवाहरू र गाउँपालिका अध्यक्षबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरू, जनप्रतिनिधि तथा सर्वसाधारणबीच खुला संवाद भएको थियो । कार्यक्रममा अध्यक्ष यादवले वडाका नागरिकहरूसँग प्रत्यक्ष रुपमा कुराकानी गर्दै स्थानीय स्तरको समस्या, आवश्यकता र आगामी योजनाहरूका विषयमा जानकारी लिने अवसर पाएकोमा खुसी व्यक्त गरे।

उनले आगामी आर्थिक वर्षको बजेटमा समुदायको चाहना झल्कने व्यवहारिक र समावेशी योजनाहरू समेटिने प्रतिबद्धता जनाउँदै यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा स्वच्छ खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता बुनियादी आवश्यकता र समाधानमुखी योजना निर्माण विषयमा गहन छलफल भएको थियो ।

अन्तरक्रियामा वडा नं. २ का अध्यक्ष नेपाली कुशवाहा, वडा नं. ३ का अध्यक्ष सुभाष यादव, वडा नं. ५ का अध्यक्ष बिहारी महतो नुनिया, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायत अन्य जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

स्थानीय युवाहरूले आफ्ना अभाव, सम्भावना र सुझावहरू प्रस्ट रूपमा राख्दै विकासमा सहभागी हुन चाहेको आवाज बुलन्द पारेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...