Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्साको ठोरीमा ‘ताल खोला’ नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । मधेश प्रदेशको पर्सा जिल्लामा अवस्थित ठोरी गाउँपालिकामा पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ। गाउँपालिकाको वडा नं २ मा पर्ने ‘ताल खोला’ हालै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

हुलाकी सडकखण्डबाट करिब एक किलोमिटर पूर्व र इच्छानगरदेखि ४ सय मिटर जंगलभित्र रहेको यस खोलामा विशेष गरी गर्मीको मौसममा नुहाउने र रमाइलो गर्ने पर्यटकहरूको चहलपहल बढेको छ। स्थानीय व्यापारी मानबहादुर श्रेष्ठका अनुसार भारतको बेतिया, दिल्ली लगायतका सहरहरूबाट समेत पर्यटकहरू यहाँ आइपुग्ने गरेका छन्।

ताल खोलाको पानी जमिनमुनीको मुहानबाट आउने भएकाले सधैं चिसो र सफा रहन्छ। खोलाको गहिराइ करिब तीन फिट रहेको र सतहमा ढुंगा भएकाले पानीमा फोहर र हिलो हुँदैन। यिनै विशेषताका कारण यो ठाउँ पर्यटकहरूको रोजाइमा परेको हो।

नेरा मावि देउरवाना (सखुवाप्रसौनी गाउँपालिका) का शिक्षक खुमबहादुर घर्ती मगरले ताल खोलामा नुहाउँदा गर्मीमा पनि जाडो महसुस हुने अनुभव सुनाए।

ठोरी गाउँपालिका भित्र राई धारा, ठुटे खोलाको पुल, सिता गुफा, रेड हिल पार्कजस्ता अन्य थुप्रै स्थलहरूसमेत पर्यटकहरूलाई लोभ्याउँदै आएका छन्। अब ताल खोलाको थपिएसँगै ठोरीको पर्यटन सम्भावना झनै उजागर हुँदै गएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...