Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेशनल मेडिकल कलेजमा दम सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । दम रोगप्रति जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘दम रोगः समस्या र समाधान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा रोगको कारण, लक्षण तथा बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।

नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीका अनुसार कार्यक्रममा दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबारे सचेतना फैलाउने विभिन्न पोस्टर तथा व्यानर प्रदर्शनी गरिएको थियो ।

सोही अवसरमा अस्पतालका वरिष्ठ चिकित्सक डा. सुधाकर झाले दमका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थिए । साथै, सहभागीहरूलाई रगत परीक्षणमा १५ प्रतिशत छुट तथा निःशुल्क रुपमा इन्हेलर (सुँघ्ने औषधि) वितरण गरिएको थियो । दम पीडितहरूलाई फलफूल वितरण पनि गरिएको थियो ।

दमका जोखिम घटाउने उपायबारे जानकारी दिन एक प्रकारको श्वाससम्बन्धी गेम समेत आयोजना गरिएको थियो । “रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्नका लागि सतर्कता अपनाउनु महत्वपूर्ण हुन्छ,” कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताए ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका–५ की १०२ वर्षीय वृद्धा महलुदन खातुनको समेत विशेष स्वास्थ्य परीक्षण गरिएको थियो ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा चेरिटेबल सोसाइटी अन्तर्गत नरसिंह समूहका विद्यार्थीहरूले पनि सहयोग गरेका थिए । कार्यक्रममा कलेजका मार्केटिङ तथा एडमिशन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पताल निर्देशक इसरत जहाँ अन्सारी, तथा कलेज निर्देशक रुबी श्रेष्ठ यासमिनको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...