Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

spot_img
spot_img

वीरगंज । वीरगंजमा पनि विविध कार्यक्रम गरी १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल ट्रेड युनियन कांग्रेस पर्सा र बारा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा बिहीबार वीरगंजमा बृहत् र्‍याली तथा सभाको आयोजना गरी दिवस मनाइएको हो ।

वीरगंजका घन्टाघरबाट सुरु भएको र्‍याली माईस्थान हुँदै आदर्शनगरबाट नगर परिक्रमा गरेर पुनः घन्टाघर चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘श्रम शक्ति नै राष्ट्र शक्ति हो’, ‘श्रमिक एकता जिन्दाबाद’, ‘श्रमको सम्मान गरौं’ लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका अध्यक्ष विजय यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । श्रमिक विना समृद्धि सम्भव नरहेको बताउँदै अध्यक्ष यादवले सरकारले श्रमिक हितका लागि प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिए । उनले संघीयता अनुसार प्रदेशस्तरीय श्रम मन्त्रालय सशक्त बनाउनुपर्ने धारणा पनि राखे ।

‘आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्ध राष्ट्रको निर्माण’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न श्रमिक युनियन, पेशागत संगठन, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...