Date
आइत, कार्तिक २९, २०८३
Sun, November 15, 2026

अब क्यान्सरको उपचार वीरगंजकै नारायणी अस्पतालमा

spot_img
spot_img

वीरगंज । वीरगंजको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु भएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु भएको हो ।

सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना अनुरुप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सञ्चालन भइरहेको छ । सात प्रदेशमध्ये मधेश र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो ।

यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्वल चालिसे बताए । डा.चालिसेले भने ‘अब क्यान्सर उपचारका लागि काठमाडौं लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

नारायणी अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको सुरुवात गरिएको चालिसेले बताए । आगामी दिनमा प्यालिएटिभ केयर पनि सुरुवात गरिने उनले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...

छठका दिन घाट क्षेत्रमा माछा–मासु र मदिरा बिक्री तथा सेवन गर्न नपाइने

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पटका, आतिसबाजी तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र...