Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

स्थायी नियुक्तिको माग गर्दै आजपाद्वारा लोकसेवा आयोगको ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले बुधबार लोकसेवा आयोगका अध्यक्षमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै अस्थायी, करार र ज्यालादारीमा कार्यरत श्रेणीविहिन कर्मचारीहरूको स्थायीत्व सुनिश्चित गर्न माग गरेको छ ।

“निमुखालाई स्थायी सरकारी जागिरमा निषेध किन ? भन्ने नारासहित आन्दोलनमा उत्रिएका आजपाका नेता–कार्यकर्ताहरूले वर्षौं सेवा दिएका कार्यालय सहयोगी, सवारी चालक, स्वीपर, मालि, हुलाक, हल्कारा, पाले जस्ता श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, “विगत केही दशकदेखि श्रमजीवी निमुखा जनतालाई सरकारी सेवामा स्थायी नियुक्तिको अवसरबाट वञ्चित गरिँदै आएको छ । यो विभेदकारी र अन्यायपूर्ण निर्णय तत्काल सच्याइनु पर्छ ।” आजपाले सरकारले वर्गीय विभाजनको नाममा श्रमिकहरूमाथि गरेको अन्यायपूर्ण व्यवहार तत्काल अन्त्य गर्न, श्रेणीविहिन कर्मचारीहरूको पनि स्थायी पदपूर्ति प्रक्रिया सुरु गर्न र खुला विज्ञापनमार्फत उनीहरूलाई अवसर सुनिश्चित गर्न जोडदार माग गरेको छ ।

उक्त ज्ञापन बुझाउने कार्यक्रममा पार्टीका अन्य नेता–कार्यकर्ता पनि सहभागी थिए । उनीहरूले यो मुद्दालाई संसददेखि सडकसम्म उठाउने चेतावनी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...