Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

स्थायी नियुक्तिको माग गर्दै आजपाद्वारा लोकसेवा आयोगको ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले बुधबार लोकसेवा आयोगका अध्यक्षमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै अस्थायी, करार र ज्यालादारीमा कार्यरत श्रेणीविहिन कर्मचारीहरूको स्थायीत्व सुनिश्चित गर्न माग गरेको छ ।

“निमुखालाई स्थायी सरकारी जागिरमा निषेध किन ? भन्ने नारासहित आन्दोलनमा उत्रिएका आजपाका नेता–कार्यकर्ताहरूले वर्षौं सेवा दिएका कार्यालय सहयोगी, सवारी चालक, स्वीपर, मालि, हुलाक, हल्कारा, पाले जस्ता श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, “विगत केही दशकदेखि श्रमजीवी निमुखा जनतालाई सरकारी सेवामा स्थायी नियुक्तिको अवसरबाट वञ्चित गरिँदै आएको छ । यो विभेदकारी र अन्यायपूर्ण निर्णय तत्काल सच्याइनु पर्छ ।” आजपाले सरकारले वर्गीय विभाजनको नाममा श्रमिकहरूमाथि गरेको अन्यायपूर्ण व्यवहार तत्काल अन्त्य गर्न, श्रेणीविहिन कर्मचारीहरूको पनि स्थायी पदपूर्ति प्रक्रिया सुरु गर्न र खुला विज्ञापनमार्फत उनीहरूलाई अवसर सुनिश्चित गर्न जोडदार माग गरेको छ ।

उक्त ज्ञापन बुझाउने कार्यक्रममा पार्टीका अन्य नेता–कार्यकर्ता पनि सहभागी थिए । उनीहरूले यो मुद्दालाई संसददेखि सडकसम्म उठाउने चेतावनी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...