Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा पटका पड्काउन प्रतिबन्ध, राति १० बजेपछि डिजे बजाउन रोक

spot_img
spot_img

वीरगंज । अहिले बिहे तथा अन्य शुभकार्यका लागि लगनको महिना चलीरहेको छ । यसै अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साले आतिशबाजी र पटका पड्काउन रोक लगाएको छ । विवाह, उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटका पड्काउन नदिने सरोकारवालाको बैठकले निर्णय गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले आतिशबाजी र पटका पड्काउन बन्देज लगाउनुका साथै चर्काे आवाजमा बज्ने डिजेलाई पनि निरुत्साहित गर्ने निर्णय गरेको छ । ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै त्यस्ता उत्सव वा सभा–समारोहमा डिजेलाई पनि अब क्रःमश निरुत्साहित गर्दै जाने सहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी दिए । उनकाअनुसार हालका लागि राति १० बजे पछि पुर्णरूपमा रूपमा डिजे निषेध गर्ने सहमति भएको छ । छिट्टै सरोकारवालाहरुसँग पनि बैठक राखेर पर्सा जिल्लामा डिजेलाई पुर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

बैठकमा भएको सहमतिलाई सबै पक्षले अक्षरश पालना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । यदि पालना नगरिएको भेटिएमा सम्बन्धित व्याक्ति वा संस्थालाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याइने चेतावनी पनि उनले दिएका छन् ।

बैठकमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भारतीय सिमा नाकाबाट नियम विपरित भित्रिने डिजेका उपकरण, पटाका र आतिशबाजीजन्य वस्तुहरुमा कडाईका साथ चेकजांँच गरिने बताए । बैठकमा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भोजभतेर वा उत्सवका लागि पार्टी प्यालेस वा होटल बुक हुँदा प्रायः अग्रिम बुकिङ् हुने हुँदा अधिकांश ग्राहकले डिजे सहित नै बुक गर्दै आएकाले अहिले नै डिजेलाई पुर्णरूपमा बन्द गर्ने अवस्था नरहेकोले यसका लागि केही समय मागिएको बताए ।

बैठकमा होटल तथा पर्यटन व्यवसायी संघका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रतिनिधी, पर्यटन कार्यालय पर्साका प्रमुखका साथै वीरगंजका होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...