Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

छुटेका मुक्त कमैया, हलिया र कम्लहरीको लगत संकलन गरिने

spot_img
spot_img

कञ्चनपुर । कञ्चनपरमा मुक्त कमैया, हलिया र कम्लहरी पुनःस्थापना कार्यबिधि २०८१ बिषयक छलफल भएको छ । लालझाडी गाउँपालिकाको सभाकक्षमा सम्पन्न छलफलमा स्थानिय तहका जनप्रतिनिधि, मुक्त कमैया, हलिया र कम्लहरीका व्यक्तिहरु सहभागी थिए ।

कार्यक्रममा सुदुर पश्चिम प्रदेश सरकारले निर्माण गरेको कार्यबिधिमा भएका ब्यवस्था र कार्यान्वयनको अवस्थाका बिषयमा छलफल भएको छ । छलफलमा तत्कालीन अवस्थामा सरकारले लगत संकलन गरी परिचयपत्र प्रदान गर्दा मुक्त कमैया, कम्लहरी र हलियाहरु लगतमा समाबेश हुन नसकी परिचयपत्र प्राप्त गर्नबाट बञ्चीत रहेकोमा उनिहरुको पुन लगत लिने र परिचयपत्र दिने बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा लालझाडी गाउपालिका अध्यक्ष निर्मल कुमार रानाले प्रदेश कार्यबिधि र पालिका स्तरीय निर्देशिका निर्माण गरी परिचयपत्र पाउनबाट बञ्चीत मुक्त कमैया, हलिया र कम्लहरीहरुलाई प्रक्रिया पुरा गरि परिचयपत्र बितरण गर्ने प्रतिबद्धता जनाए । उनले आगामी निति तथा कार्यक्रममा श्रोत साधनले भ्याए सम्म कमैया, हलिया र कम्लहरीहरुलाई सहयोग पुग्ने खालका कार्यक्रममा बजेट बिनियोजन गर्ने बताए ।

मुक्त कम्लहरी बिकास मञ्च, कमैया महिला जागरण समाज र मुक्त कमैया समाजको संयुक्त आयोजनामा छलफल गरिएको हो । मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरी र मुक्त कम्लहरी बिकास मञ्चका अध्यक्ष हिरा चौधरीले कम्लहरीका सवालका बारेमा ध्यानार्कषण गराएका थिए । मुक्त कमैया समाजका प्रदेश अध्यक्ष चन्द्र प्रसाद चौधरीले सञ्चालन गरेको कार्यक्रममा अधिबक्ता बालाराम भटटराईले कार्यबिधिमा भएका प्रमुख प्राबधान र आगामी बाटोको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग...

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको...