Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

दलित महिलाको सशक्तीकरणका लागि वीरगंजमा दुई दिने प्रशिक्षण

spot_img
spot_img

वीरगंज । दलित र मुस्लिम समुदाय अब एकिकृत भएर हक र अधिकारका लागि लड्नुपर्नेमा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जोड दिएका छन् ।

दलित महिला संघ पर्साले वुमेन्स फण्ड एसियाको सहयोगमा आयोजना गरेको दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अहमदले राज्यबाट उपेक्षामा पारिएका र मुलप्रवाहीकरणबाट बञ्चित दलित, मुस्लिम र अल्पसंख्यक समुदायको सशक्तिकरण बिना देशको समृद्धि सम्भब नरहेको बताए ।

दलित, महिला तथा मुस्लिम समुदायका व्यक्तिहरु सक्षम भएपनि पद र नेतृत्वमा पुग्न संघर्ष गर्नुपर्ने अवस्थाप्रति उनले आक्रोश पोखे । अध्ययनशिलसँगै नेतृत्व गर्ने क्षमता हुँदाहुँदै पनि आफु जिल्ला अध्यक्ष बन्न संघर्ष गरीरहेको उनले सुनाए । राज्य संरचनाले नै विभेदको नजरले हेर्न गरेको उनको टिप्पणी छ ।

दलित महिला संघ पर्साकी कोषाध्यक्ष एवम् वीरगंज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दासको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै दलित अगुवा एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानले महिला दलितको नेतृत्व विकासका लागि तालिम सहयोगी साबित हुने विश्वास व्यक्त गरे । दलित महिला सशक्त भएमा दलित समुदाय आफै सशक्त हुने उनको दाबी छ । उनले भने, ‘हामी निरन्तर साथ र सहयोग गरीरहेका छौँ, त्यसैले तपाईहरुले पनि आँट गर्नु र अघि बढ्नु ।

आफ्नो हक अधिकारका लागि आफै आवाज उठाउन सक्षम बनाउने नै यो कार्यक्रमको उद्देश्य हो ।’ समस्याबाट हरकोही गुज्रिरहेको बताउँदै उनले आफ्नो संवैधानिक व्यवस्था र अधिकारका बारेमा सचेत हुन आग्रह गरे । सामाजिक बहिष्करण, आर्थिक रुपमा विपन्नता र अन्य हरेक क्षेत्रबाट उपेक्षामा परेको बताउँदै उनले मधेश प्रदेश दलितको सवालमा रेड जोनमा रहेको धारणा राखे ।

कार्यक्रममा महिला अधिकारकर्मी सलमा खातुनले दुई दिनसम्म सहभागीहरुलाई प्रशिक्षण दिनेछिन् । दुई दिने कार्यक्रममा नेतृत्व विकास, महिलाको लागि र दलितको लागि नेपाल सरकारले गरेका कानुनी प्रावधानदेखि लिएर तिनको कार्यन्वयन, नीति निर्माण प्रक्रियामा महिलाको सहभागिता, सामाजिक समावेशिता, तथा अधिकारसम्बन्धी विषयका बारेमा प्रशिक्षण दिनेछिन् ।

महिला नेतृत्वको प्रवद्र्धन र अग्रपंक्तिमा रहेका महिला नेताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले बताइन् । स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै उनले यहाँबाट भविष्यका दलित महिलाका नेतृत्वकर्ताको उत्पादन गर्ने बताइन् ।

वीरगंजको होटल गेटवेमा भएको कार्यक्रममा भिम आर्मीका केन्द्रीय अध्यक्ष सुनिल राम, डोम समाजका अध्यक्ष अनिल मल्लिक, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, चमार कल्याण समाजका अध्यक्ष जादोलाल महरा, दलित महिला संघका पदाधिकारी एवम् कार्यसमिति सदस्य, वीरगंज महानगरपालिकाकी कार्यपालिका सदस्य नीतु कुमारी राम, दलित महिला सदस्य पुजा राम लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...