Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जगरनाथपुरमा ३ करोड ६८ लाखकाे लागतमा सडक कालोपत्रे हुँदै

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीको कच्ची सडक स्तरोन्नती हुने भएको छ । प्रतिनीधि सभा सदस्य रमेश रिजालले बुधबार मसिहानीको बोकाहवादेखि जगरनाथपुर गाँउ हुदैं पिपडाढीसम्मको सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका हुन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित ३ करोड ६८ लाख रुपैयाँको लागतमा साढे दुई किलोमिटर सडकको कालोपत्रे गर्न लागिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए । वीरगंजको सन्तोष कन्ट्रक्सनले ठेक्का सकारेको उक्त सडक कालोपत्रे निर्माणको काम आगामी असार मसान्तभित्र सक्ने सम्झौतामा उल्लेख छ ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रिजालसँगै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, कांग्रेस महासमिति सदस्य पन्चानन्द मिश्र, अजय कलवार लगायतको पनि उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...