Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

मनाेज ग्यास उद्याेगकाे उत्पादनमा कुनै कमजाेरी नरहेकाे दाबी

spot_img
spot_img

वीरगंज । वीरगंज आसपास समेतका क्षेत्रका आम उपभाेक्तालाई गुणस्तरीय खाना पकाउने ग्यास बिक्री वितरण गरिरहेकाे मनाेज ग्यास उद्याेगले आफ्नाे उत्पादनमा कुनै कमजाेरी नरहेकाे जनाएकाे छ ।

उद्याेगले केही सामाजिक सञ्जालमा उद्याेगबारे आएका टिकाटिप्पणी कुत्सियत नियत राखेर प्रवाह भएकाे जनाउँदै भ्रममा नपर्न र ढुक्क भएर मनाेज ग्यास उपयाेग गर्न अनुराेध गरेकाे हाे । उद्योगले उत्पादन गरेका कुनै पनि ग्यास सिलिण्डरमा तौल कम नभएको बताउँदै केही उपभाेक्ताले ग्यासकाे भुक्तानी गर्नु पर्नेमा बखेडा गरेर उद्याेगबारे अनर्गल प्रचार गरेकाे जनाएकाे छ ।

उद्याेगले गरेका उत्पादन अनुगमन गर्ने निकायबाट नियमित अनुगमन भइरहेकाे, हाइड्रो टेस्ट फेल भएका सिलिण्डरहरु उद्याेगले नै बेलाबेला नष्ट गरिरहेकाे जनाएकाे छ । उद्याेगबारे केही सञ्चारमाध्यमले पनि पूर्वाग्रह राखेर सञ्चार गरेकाे जनाउँदै जवाफ दिनु पर्ने बेला सबैकाे जवाफ दिने बताउँदै तराई मधेश समेतका आम उपभाेक्तालाई ढुक्क भएर मनाेज ग्यास प्रयाेग गर्न अनुराेध गरेकाे छ ।

केही मिडियाले एकतर्फी सञ्चार गरेर कसैकाे प्रतिष्ठामा आँच ल्याउने काम गरिरहेकाे र यसले अरु सञ्चारमाध्यमकाे पनि विश्वसनीयता घट्ने भएकाले सञ्चारमाध्यमहरुले पनि यस्ता समाचार दिनेहरुलाई निगरानी गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...