Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा ´मधेस साहित्यिक महाेत्सव´ आयाेजना हुँदै

spot_img
spot_img

वीरगंज । देशकै आर्थिक नगरी वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुदैंछ । उत्कर्ष नेपालको आयोजनामा वीरगंजमा यहि चैत २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्धन गर्ने उदेश्यले वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताए । वीरगंजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लाठले दुई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिने बताए ।

महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारु, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरु प्रस्तुत गर्ने उनले बताए । उनका अनुसार,‘मधेस साहित्य महोत्सव’ मा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा संयोजक लाठले आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा चिनिएको ऐतिहासिक भूमी वीरगंजमा अब साहित्य र संस्कृतिको प्रवर्धन गर्दै नवीन विचारहरुको आदान प्रदान तथा नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए ।

लाठले भने,‘ वीरगंज केवल व्यपारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वर भूमीपनि हो भन्ने सन्देश दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिनेछ । साहित्य र कलामा वीरगंज मरेको छैन, अझैपनि जिन्दा छ भन्ने सन्देशपनि महोत्सवले दिनेछ।’

वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उद्घाटन सत्रपछि साहित्य सम्बन्धि विभिन्न सत्र, कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् ।

यस्तै दोस्रो दिन चैत २३ गते सामुहिक किताब विमोचन, मधेसको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धि विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् ।

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा, साहित्य, कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए । उनले भने “यो केवल एउटा सुरुवात हो, दीर्घकालीन रूपमा मधेशको समग्र पहिचानलाई उजागर गर्ने हाम्रो अभियान रहेको छ ।”

पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’ आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, उत्कर्ष नेपालकी सचिव अन्जु महतो, जय साह, जय यादव, विवेक कर्ण लगायतकाकोपनि उपस्थिती थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...