Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पिएमसि एकेडेमीकाे पहिलाे वार्षिकाेत्सव तथा बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा म्यानेजमेन्ट सेन्टरल (पिएमसि) एकेडेमी वीरगंजकाे पहिलाे वार्षिकाेत्सव तथा कक्षा १२ काे बिदाई कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएकाे छ ।

विद्यालयका निर्देशक एवं प्रिन्सपल प्रकाश यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सानाे समयमा विद्यालयले राम्राे गरेकाे भन्दै प्रशंसा व्यक्त गरे । उनले शिक्षालाई व्यवसायककाे रुपमा नभई सेवाकाे रुपमा लिनु पर्ने सुझाव समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले शिक्षालाई व्यवहारमा लागु गर्नु पर्ने जाेड दिदै व्यवहारमा लागु गरिएन भने शिक्षाकाे कुनै महत्व नहुने वताए । उनले विद्यार्थी अनुशासित हुनु पर्ने वताउँदै शिक्षकलाई आदर गर्नु पर्ने वताए ।

वीरगंजकाे पानिटंकी स्थित ओम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा एन प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल कुशवाहा, सचिव शेख अजहर, माइस्थान माविका प्रधानाध्यापक मुनिलाल कर्ण, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, जिराभवानी गाउँपालिकाका रामप्रबेश यादव, शुशिल ठाकुर, मिनु चाैधरी, दलिप प्रजापती, मनिषा यादव लगायत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बर्ष भरिमा विद्यालयमा भएकाे विभिन्न प्रतियाेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे भने विद्यार्थीहरु गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे संचालन शिक्षक निखिल पासवान र संताेष चाैहानले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...