Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रहरीद्वारा बरामद घरेलु मदिरा नष्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बाेडर आउट पाेष्ट मिर्जापुरले शनिबार एक सय लिटर अवैध घरेलु मदिरा बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा खटिगएको माेटरसाइकल गस्ती टोलीले छिपहरमाई गाउँपालिकाकाे वडा नं. २ टिउकी स्थितबाट मुल्य रु.१० हजार बराबरको अवैध घरेलु मदिरा बरामद गरेकाे हाे ।

गस्ती टोलिलाई देख साथ ४ जना ब्यक्तिले २ वटा मोटरसाइकलमा राखि टिउकीबाट छटीयाघाट तर्फ लैजादै गरेको मदिरा छाडि भाग्न सफल भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । बरामद मदिरा बि.ओ.पी. मिर्जापुरमा ल्याई नष्ट गरिएकाे प्रहरी निरिक्षक गिरीले जानकारी दिए ।

यसैगरी प्रहरी चाैकी मिर्जापुरले पनि शनिबार नै ३० लिटर अवैध घरेलु मदिरा बरामद गरेकाे छ । प्रहरी सहायक निरिक्षक संजय साहकाे नेतृत्वमा खटिएकाे चेकिङ टाेलीले छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरबाट साे परिमाणकाे मदिरा बरामद गरेकाे हाे ।

बरामद मदिरा शनिबार नै स्थानिय जनप्रतिनिधि, संचारकर्मी लगायतकाे राेहबरमा नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...