Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

spot_img
spot_img

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत बुधबार वडा नं. २ टिहुकीमा निशुल्क आँखा शिबिर भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मसिलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनामा निशुल्क आँखा शिबिर सम्पन्न भएकाे हाे ।

शिबिरमा ३ सय १५ जनाको आँखा चेकजाँच गराएका छन् । जस मध्ये एक सय पाँच जनामा मोतियाबिन्दु रोग फेला परेको छ । मोतियाबिन्दु रोग फेला परेकाहरुकाे बसमा लगेर वीरगंजस्थित किरण आँखा अस्पताल निशुल्क सल्यक्रिया गरिने आयोजकले जनाएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. २ टिहुकीमा रहेकोमा बर्थिंङ सेन्टरमा भएकोको शिविरकाे गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गरेका थिए । शिविरकाे उद्घाटन गर्दै अध्यक्ष गुप्ताले नेत्र दान, जिवन दान नाराका साथै गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान चलाइएकाे वताए ।

उनले सबै भन्दा ठुलो कसैलाई नेत्रदान स्वरुप निशुल्क आँखाको अप्रेसन गराउँदा मलाई अतिनै राम्राे काम लागेको र यो भन्दा ठुलो काम केहि देखिएकाे वताए । उनले भने “आँखा नभएकोको बेला छोरा/छोरीहरुले बुबा आमाहरुकाे हेर्चार गरिरहेका छैनन्, आँखा नभएपछि कसैले हेर्दैन त्यसै कारण सोको मध्यनजर गर्दै निशुल्क आँखा शिबिरको आयोजना गरिएको छ ।”

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेकाे अध्यक्ष गुप्ताले शिबिरमा चेकजाँच गराएपछि मोतियाबिन्दु रोगी फेला परेकाहरुकाे निशुल्क सल्यक्रिया समेत गरिने उनले जानकारी दिए ।

छिपहरमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र सिंहले गाउँपालिकाकाे लगानीमा संचालित निशुल्क आँखा शिविरबाट सबै आँखामा समस्या भएका सबैले लाभ लिन आग्रह गरे । उनले भने “याे शिविर निशुल्क हाेइन, यसमा गाउँपालिकाकाे लगानी छ, त्यँही सबैले लाभ लिनु हाेला ।”

वडा नं २ का वडाध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा भएको शिविरमा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता, गाउँपालिका प्रसाशन शाखा प्रमुख सत्रुधन यादव, किरण आँखा अस्पताल वीरगंजका चन्दन सहनी, सशस्त्र प्रहरी निरिक्षक कृष्णा गिरी, बासुदेव साह, शिक्षक सुरेश साह, मनोज पटेल लगायतकाे उपस्थिती रहेको थियो ।

यसैगरी निशुल्क आँखा शिबिर छिपहरमाई गाउँपालिकाकाे वडा नं १ मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकी, तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा स्वास्थ्य चौकीमा आयाेजना हुने आयोजकले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...