Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरको मधुवाहामा शिव मन्दिरको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५, मधुवाहामा शिव मन्दिरको शिलान्यास भएको छ । एक कार्यक्रमको बिच बुधबार पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजालले मन्दिरको शिलान्यास गरेका हुन् ।

जगरनाथपुर गाउँपालिकाले निर्माण गर्न लागेको मन्दिर शिलान्यास गर्दै पुर्व मन्त्री रिजालले मठ, मन्दिर धार्मिक आस्थाको धरोहर भएको वताए । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका पुर्व मन्त्री रिजालले मन्दिरले धार्मिक तथा सामाजिक एकता कायम गर्ने गरेको पनि वताए ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता भएको मन्दिर शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष शुभाष यादव, नेपाली काङ्ग्रेसका स्थानिय नेता सुरेन्द्र सिंह क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...