Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरका पुरानाे प्रमुख प्रशासकीय अधिकृतकाे बिदाई, नयाँकाे स्वागत

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायकाे बुधबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे छ भने नयाँ प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवकाे स्वागत गरिएकाे छ ।

विगत दुई बर्ष ६ महिनादेखि जगरनाथपुर गाउँपालिकामा कार्यरत रहेकाे अधिकृत रायकाे सरुवा भएपछि बुधबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे हाे । साेही कार्यक्रममा उनकाे ठाउँमा सरुवा भएर आएका अधिकृत यादवकाे स्वागत पनि गरिएकाे जगरनाथपुर गाउँपालिकाका मंजय रामले वताए । 

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले अधिकृत रायकाे बिदाई र अधिकृत यादवकाे स्वागत गरेकाे उनले जानकारी दिए । 

जगरनाथपुर गाउँपालिकाबाट अधिकृत रायकाे बाराकाे देवताल गाउँपालिकामा सरुवा भएकाे छ भने उनकाे ठाउँमा राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा कार्यरत रहेका अधिकृत यादवकाे सरुवा भएपछि उनी बुधबार जगरनाथपुर गाउँपालिकामा हाजिर भएका हुन् ।

साे अवसरमा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरु लक्ष्मी साह तेली, सुभाष यादव, अयाेध्या पटेल, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, याेजना शाखा प्रमुख पिन्कु राम, लेखा शाखा प्रमुख सन्देश कुशवाहा, कृषी शाखा प्रमुख दयानन्द चाैहान लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...