Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रसाैनीबाट ९ किलाे गाँजा सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ९ किलो २ सय ग्राम लागू औषध गाँजा सहित १ पुरूष र २ महिला गरी ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी निवासी बागर मुखियाकी श्रीमती ५५ बर्षिय रम्भा देवी मुखिया, छोरा ३८ बर्षिय जोगिन्द्र मुखिया र पर्साकाे बिन्दाबासिनी गाउँपालिका वडा नं. २ गर्दैल निवासी जंगली मुखियाकी श्रीमती ६० बर्षिय ममता देवी मुखिया रहेका छन् ।

विशेष सूचनाको आधारमा मिति बुधबार बिहन ०७:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा कै प्रसौनी गाँउपालिका वडा नं. २ स्थित बजार टौलबाट तिनै जनालाई पक्राउ गरेकाे हाे ।

भलुही तर्फ पैदल जादै गरेको तिनै जनालाई पक्राउ गरी शरिर खानतलासि गर्दा तिनै जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ के.जि.२ सय ग्राम लागू औषध गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...