Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

प्रसाैनीबाट ९ किलाे गाँजा सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ९ किलो २ सय ग्राम लागू औषध गाँजा सहित १ पुरूष र २ महिला गरी ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी निवासी बागर मुखियाकी श्रीमती ५५ बर्षिय रम्भा देवी मुखिया, छोरा ३८ बर्षिय जोगिन्द्र मुखिया र पर्साकाे बिन्दाबासिनी गाउँपालिका वडा नं. २ गर्दैल निवासी जंगली मुखियाकी श्रीमती ६० बर्षिय ममता देवी मुखिया रहेका छन् ।

विशेष सूचनाको आधारमा मिति बुधबार बिहन ०७:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा कै प्रसौनी गाँउपालिका वडा नं. २ स्थित बजार टौलबाट तिनै जनालाई पक्राउ गरेकाे हाे ।

भलुही तर्फ पैदल जादै गरेको तिनै जनालाई पक्राउ गरी शरिर खानतलासि गर्दा तिनै जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ के.जि.२ सय ग्राम लागू औषध गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा...

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका...