Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल मधेश प्रदेशका सह–संयोजक एवं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको हक–अधिकार तथा पेशागत क्षमता अभिवृद्धिका लागि चौतारी सदैव अगाडी बढ्ने धारणा राख्नु भयो ।

वहांले नेपालको विभिन्न कालखण्डमा पत्रकारहरुले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारको स्वतन्त्र अभिवृद्धिको लागि सरकारले विशेष कदम चाल्नु पर्ने धारणा राख्नु भयो । वहांले वर्तमान समयमा संचारकर्मी समाचार लेखेकै भरमा विभिन्न माध्यमबाट धाकधम्की आउने गरेको र समाचार लेखेकै भरमा संचारकर्मीहरुले मुद्धा खेप्नु परेको घटनाहरुलाई नियन्त्रण गर्न सरकारसंग माग गर्नुभयो ।

अध्यक्ष बन्जाराले स्थापना दिवसको शुभकामना दिदैं चौतारीमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिदै एकढिक्क भएर चौतारीलाई थप बलियो बनाउन समेत आग्रह गर्नु भयो । वहांले श्रमजिवी पत्रकारहरुको हकहितको लागि चौतारी सदैव नेतृत्वदावी भूमिका खेल्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्रेस चौतारी नेपालका उपाध्यक्ष निलम पन्त, सह–सचिव धन्जजय मिश्रा, प्रेस चौतारी नेपाल पर्साका सदस्य निरन्जन मिश्रा, पुष्प तिमिलसेना, आरोहण साह, अखिलेश प्रसाद साह, ऐस.के. चौरसिया, राजन रौनियार, कविता खड्का, कन्हैया गुप्ता, शैलेश कशुवाहा, युवराज खड्का, शेख सहजाद्द, किरण सत्याल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक...

दुर्गा भगवतीका तत्कालीन कार्यकारी अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार...

मुक्त हरवा–चरवा समुदायका लागि कानुनी साक्षरता क्लिनिक सुरु

वीरगंज । मुक्त हरवा–चरवा समुदायको कानुनी साक्षरता अभिवृद्धि गर्दै नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्ध...